अहिले नेपाली समय

हाम्रो समाचार

सुनकोशीको ताल खुलेपछि अरनिको राजमार्ग अवरुद्ध, सडक चर्कियो । भिडियो हेर्नको लागि यहाँको लिंकमा थिच्नुहोस्http://www.tajavideos.info/videos/abc-nepali-news-08th-september-2014/

सिन्धुपाल्चोक जिल्ला को बारे मा

सिन्धुपाल्चोक जिल्ला

मध्यमाञ्चल विकास क्षेत्रभित्र पर्ने बागमती अञ्चलको ८ जिल्ला मध्येको एक उच्च पहाडि जिल्ला हो । जुगल हिमालको काखमा रहेको यो जिल्लाको नामाकरण सिन्धु र पाल्चोक नामक दुई प्रसिद्ध थुमको संयुक्त नामबाट रहेको जनविश्वास छ ।बागमती अञ्चलको आठ जिल्लामध्ये यो जिल्ला क्षेत्रफलका दृष्टिले सबैभन्दा ठूलो जिल्लाको रुपमा रहेको छ । यस जिल्लाको क्षेत्रफल २५२८ वर्गकिलोमिटर रहेको छ । यो जिल्ला भौगोलिक दृष्टिकोणले पूर्वी देशान्तर ८५.२६ डिग्री देखि ८६.६ डिग्री उत्तरी आक्षशं २७.३६ डिग्री देखि २८.१३ डिग्री का बीचमा रहेको छ । यस जिल्लाको भौगोलिक स्थिति एकैनासको छैन । यस जिल्लाको प्रायः सम्पूर्ण भाग नै पहाड, पर्वत र हिमाली श्रृखलाले ढाकिएको छ । जिल्लाका स्थानीय लेसम, बलेफी इन्द्रावती, रिपार, मेलम्ची आदि अविरल बगिरहने नदी र तिब्बती क्षेत्रबाट बग्दै आउने भोटेकोशीले उत्तर दक्षिणतिर बग्दै यस जिल्लालाई चिराचिरा पारेका छन् ।अग्ला र सुन्दर श्रेणी बनाउँदै जुगल हिमश्रृखला पूर्व र पश्चिममा हरबखत झल्किएर उत्तरतर्फ फैलिएर रहेका छन् । नदीनाला, ताल, पोखरी, छहरा, हावापानी, खनिज प्रसाधान, वनस्पति र जीवजन्तुको दृष्टिले यो जिल्ला सशक्त देखिन्छ ।जिल्लाको प्रशासनिक विभाजनसिन्धुपाल्चोक जिल्लाका तीन निर्वाचन क्षेत्रहरु रहेका छन् । प्रशासनिक दृष्टिले सिन्धुपाल्चोकमा हाल ७९ गाविस र १३ इलाका रहेका छन् । चौतारा, बाह्रबिसे -अरनिको र मेलम्ची गरी तीन प्रस्तावित नगरपालिका छन् ।सिमानासिन्धुपाल्चोक जिल्ला पूर्वमा जनकपुर अञ्चलका दोलखा र रामेछाप जिल्ला पर्दछन् भने चीनको स्वशासित क्षेत्र तिब्बतसमेत यसै जिल्लाको सिमाना पर्दछ । पश्चिममा बाग्मती अञ्चलको नुवाकोट र रसुवा जिल्लाको लामटाङ वन्यजन्तु आरक्षण केन्द्रका अधिकांश भू-भाग पर्दछन् । उत्तरमा रसुवा र चीनको तिब्बत पर्दछ । दक्षिणमा काभ्रेपलाञ्चोक, काठमाडौं र रामेछाप जिल्ला पर्दछन् । यस जिल्लामा रहेको ठूलो धादिङ गाविस दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी ४ जिल्लाको सीमावर्ति गाविस हो।

पार्यटकिय क्षेत्र हेलम्बु


सुन्दर, शान्त र स्निग्ध जुगल हिमश्रृखलाको नजिक याङ्ग्रिगा डाँडाको काखमा रहेको हेलम्बु यो जिल्लाकै महत्वपर्ण पर्यटन केन्द्र हो । ७५०० फिट उचाईमा रहेको हेलम्बु हृयोल्मो अर्थात शेर्पा जातीको ठूलो बस्ती हो । ठण्डा हावापानी, जुगल हिमश्रृखलाको मनोरम अवलोकन, गोसाइकुण्डसम्म जाने पदयात्रा मार्ग, हरियालीयुक्त जंगल एवं घाँसे पाखाका कारण हेलम्बु क्षेत्रको ठूलो महत्व रहेको छ ।मेलम्चीघ्याङ, तार्केघ्याङ्ग, शेर्माथाङ्ग, डुपघ्याङ लगायतका गुम्बा, माने र घ्याङहरुको अवलोकन गर्न सकिने एवं मन लोभ्याउने अतिथि सत्कार र विशेष खालको संस्कृति परम्परा, आकर्ष दृश्य र वातावरणले गर्दा हेलम्बु क्षेत्र स्वदेशी तथा विदेशीका लागि अत्यन्त मनमोहन पर्यटकीय स्थलको रुपमा प्रख्यात हुन पुगेको छ ।
Map Of Sindhupachok

प्रबासी श्रमजिबीहरुलाई सिन्धु समाजको खाँचो

प्रबासमा स्थापना भएको सिन्धुपल्चोक जिल्ला बासी हरुको भेट घाट र बिचार आदान प्रदान गर्ने मन्च हो प्रबासी सिन्धु समाज । यस् को स्थापना २००८ जुन ८ तारिख का दिन मलेसिया को क्वाला लम्पुर को नेपाल हाउस मा प्रबासी जिबन र भबिस्य को रोजी रोटी र क्षेती पुर्ती राज्यबाट हुनु पर्ने गुण को ओकालत गर्दै २२,००० प्रबासी मज्दुर को जिम्मेवार प्रबासी सिन्धु समाज ले लिएको छ । हरेक राष्ट्र मा श्रम बेची रह नु भएका सिन्धु बासी हरु यस् संस्था मा नाम दर्ता गर्दै सदस्यता बन्न नितान्त आबस्यक छ । सिन्धु समाज एक समाज बादी , स्वभिमानी , राष्ट्र बादी मन्च हो । यस्मा लुकेको कुरा केही छैन , कुनै पार्टी को झन्डा बोकेको छैन प्रबासी मज्दुर को स्वतन्त्र समाज हो । अत विश्वा का हरेक राष्ट्र र संघठन लाई समाज र संघठित ,अनुशासित मानब को आब्स्यक्त पर्दछ । यदी संगठन , समाज मा अनु शासित मानब नभएको भए यो दुनियाँ विश्वा संसार लाई सानो संसार बन्ने थिएन । यदी संघठित न भएको भए कतै नेपाल रहने थिएन । कतै नेपाल राणा हरुको मात्र हुने थियो । कतै नेपाल त्यो हरी सिद्दी टायल् कार्खाना , हेटौंडा कपडा कार्खना बाँस बारी छाला जूत्ता कार्खना जस्तो निजी करण मा पुगी सक्ने थियो । यदी सङठित् नभएको भए नेपाल को तातो पनि भन्सार ले एकै दिन मा १ करोड ६७ लाख राजास्व सङ्कलन गरेको कुरा लाई सुन्न पाईने थिएन । यदी सङठित् नभएको भए हाम्रा बुढी आमा बाबा ले घर बसि बसि महिना को ५०० राज्य को ढुकुटी बाट तलब पाउने थिएन । यदी सङठित् नभएको भए निर्जिब रोवर्ट मानिस् ले जस्तै काम गर्ने रोवर्ट उत्पत्ती अमेरिका ले गर्ने थिएन । यदी नेपाल श्रमिक संघठित मलेसिया मा नगरेको भए अझ ४ गुण बढी नेपाली मज्दुर मलेसिया को जेल मा सड्नु पर्ने थियो । यदी श्रमिक को मुख्पत्र श्रम साप्ताहिक नभैदिएको भए मलेसिया सडक पेटी मै बेवारीसे लास नेपाली हरु को देख नु पर्ने थियो । अत आशा बादी सिन्धुपाल्चोक जिल्ला बासी श्रम जिबी साथीहरु देश ले स्वरोज्गार को परीकल्पना गर्न सकेको छैन । दिनहु सस्तो श्रम बेच्न आम् श्रमिक हरु वाध्य छन । अब का दिन हरुमा एक बर्ष को तोते बोल्ने नानी लाई कोक्रामा छोडि बैदेशिक रोज गर को खोजी मा हाम्रा दिदी बहिनी हरु वाध्य हुने छन । अब का दिन हरुमा २२,००० सिप सिर्जना सहकारी मन्च तयारी गर्ने प्रबासी सिन्धु समाज को उदेश्य छ । हाम्रा प्रबासी मज्दुर हरुको माग हरेक राष्ट्र मा मृत्‍यु हुँदा सरकार ले ति शाहीद का परिवार लाई क्षेती पुर्ती दिन न हिच्किचाओस । शाहीद का सान्तति लाई निशुल्क शिक्षा दिने बन्तोबस्त गरियोस । शाहीद का परिवार लाई स्वास्थ्य मा ५०% छुट गरियोस । यसै माग लाई मध्यनजर् राख्दै आम् सिन्धु बासी दाजु भाई तथा दिदिबहिनी हरु प्रबासी सिन्धु समाज को सदस्य लिउ ।
संस्थापक राम शरण गिरी
प्रबासी सिन्धु समाज


मलेसिया मा प्रबासी सिन्धुसमाजको गठन


राम शरण गिरी को सभापतीत्व मा आज मिती २००८-०६-०८ का दिन यस् प्रबासिभुमी मलेशिया मा सिन्धुपाल्चोक बासी दाजुभाइ तथा बिबेकशिल माज्दुर हरुद्वारा प्राबसी सिन्धुसमाज बिधिबद तरिकाले मुल कमिती गठन गरियो । निम्न पधाधिकारिहरु लाई पद जिम्मेवारी गराइयो ।
१)अधक्ष्य :बिनोद दुलाल
२)उपाध्यक्ष्य तथा वेब संचालक :दावा रिन्जीन लामा
३)सचिब :माधब बुढाथोकी
४)स-सचिब :कुमार आचार्य
५)कोशाध्यक्ष्य :शान्त बहादुर तमाङ
६)सदस्य सचिब तथा सुचान बिभाग् :राम शरण गिरी
७)सदस्यहरुमा: दमी साम्देन
८) '' ज्ञानेन्द्र गिरी
९) '' हरिशरण भट्टराइ
१०) '' केदार गौताम
११) '' रुद्रलाल श्रेष्ठ
१२) '' बुद्ध दोङ
१३) '' पदम तमाङ
यस् समितिमा सल्हकार सदस्य हरु :
१) राजु भण्डारी
२) कृष्ण बहादुर गिरी
३)दावा नोर्बु लामा
यस् कार्यक्राम का संचालक अमर लामा र हाम्रो प्रमुख अतिथिहरुमा प्रबासी मगर संघ का दिपक थापा मागर र अ. ने. सा . स. का ईन्द्र जि जिबिस हरुको उपस्थित हुनुहुन्थ्यो । सो कार्यक्रम मा करीब ६० जान सिन्धुबसी मज्दुर हरु को उपस्थित थिए । आयोजक तथा अव्हान कर्ता राम शरण गिरी , माधव बुढाथोकी , राजु भण्डारी ,दावा रिन्जीन लामा को संयुक्तमा कार्यक्रम सम्पन्न भएको थियो। आगामी दिन हरुमा यस् प्रबासी सिन्धुसमाज ले मलेशिया मा छरिएर रहेका सम्पूर्ण जिल्ला बासिहरुलाई सङगठित गराउने र सिन्धुबसिहरुको हकहित को लागि सदैब अगाडि लागिपर्ने छ । साथै जन्म भुमी सिन्धुपाल्चोक लाई पनि सिन्धु समाजले बिकास र नयाँ योजन हरुमा साथ् दिने छ । साथै हामी आव्हान् कर्ता को तर्फबाट नव निर्बाचित सभा साम्सद अग्नी प्रसाद सापकोटा , दावा तमाङ र राज कुमार श्रेष्ठ को कार्यकाल सफलताको कामना गर्दछौ ।
बिशेष सर्सल्हा दिन चाहनु हुन्छ भने मलेशिया मा कार्यरत०१६३६०५६५५ राम शरण गिरी ज्यु सँग संपर्क गर्न सक्नु हुनेछ ।


सम्पूर्ण श्रमिक हरुको एकता नै हाम्रो श्रोत हो ।

यस् प्रबासी भुमिमा सिन्धुपाल्चोक को ३ वटा क्षेत्र का बिभिन्न भाग बाट रोज्गार् का सिल्शिला मा मलेसिया मा प्रबेश गरेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाई एकता को सुत्रपात लाई सरोपार गरी बिभिन्न धर्म सन्स्कार परम्परा रितिरिबज र भाषा गत बिकास को स रक्षण एबम हरेक सुख दु:खमा श्रमिक हरु बिचको भाबना नराखी हामीको भाबना राखी हतेमालो गर्ने उदेश्य लिएर स्थापना भएको एउटा (प्रबासी सिन्धुसमाज )संस्था हो। कुनै पनि राजनैतीक पार्टी को मात्रा सङ्गठन को रुप मा भैइ यस् प्रबसी भुमिको हरेक कुनाकाप्चा मा छरिएर रहेका हरेक सिन्धुपाल्चोकबासी श्रमिक हरुको प्रतिनिधि संस्था को रुपमा नेत्रित्व गरी अघि बड् ने लक्ष्य यस् संस्था ले बोकेकोछ । श्रमिक माथि देखा परेका समस्या हरुको गहन अध्ययन गरी समस्या समाधानका बाटा हरु पहिल्याउदै अघि बड्ने प्रती बद्दता यस् संस्था ले जाहेर गरेको छ ।प्रतिकुल समय असामान्य परिस्थिती र बातवरण् का बाब्जुत पनि यस् संस्था को चाहन एकता र सकृयाता मा कुलत र कुसंगत लाई आत्मा साथ गर्दै प्रबास मा हासिल गरेको सिपज्ञान र क्षमाता बाट आफ्नो जिल्लाको चौतर्फी बिकास मा टेवा पु-याउने लक्ष्य यस् संस्था को रहेको छ ।स्थपना : यस् प्रबासी सिन्धुसमाजको स्थापना सन २००८ जुन ८ तारिख मा मलेसियाको क्वाललाम्पुर मा भएको हो ।कार्य क्षेत्र :यस संस्था हाल लाई मलेसियामा मात्रै सिमित रहेकोले रोज्गारीको शिलशिला मा विश्वा मा छरिएर रहेका सिन्धुपाल्चोक बासिहरु बिच यस् कार्यक्रम स्थापित गराइने छ।
प्रबासी सिन्धु समाज मलेसिया


प्रबासी सिन्धुसमाज को संगठनआत्मक स्वरुप

प्रबासी सिन्धु समाज मलेसिया को संगठनआत्मक स्वरुप लाई निम्नासार बिभाजन गरिएको छ :
१) केन्द्रिय समिती :
अ) तत्काल को लागि मलेसिया को पृष्‍ठ भुमिमा यस् संस्था को स्थापना गरी बिस्तार अभियानको थालनी भएको कारण यस् संस्था को केन्द्रिय समितिलाई नै मलेसिया भित्र रहेर श्रम गर्नु हुने सम्पूर्ण सिन्धुपाल्चोक बासी श्रमिक हरुको प्रमुख नेत्रित्व लाई मात्र समेतिएको छ तर संस्था को उदेश्य अनुरुप संस्था लाई नेपाल लगायत् अन्य मुलुक मा पनि बिस्तार गर्दै लैजाने भएकाले संस्था को केन्द्रिय समिती भित्र जुनजुन मुलुक् मा सिन्धुपाल्चोकबासी श्रमिक हरु रोज्गार् को लागि पुगेका छन ति सबै मुलुक् मा यस् संस्थाको स्थापना गरी प्रतेक मुलुक बाट प्रतिनिधि रहेका मुल समितिलाई नै केन्द्रिय समिती मानिने छ ।
आ) केन्द्रिय समितिमा दोस्रो मुलुक हरुमा संस्थाको रुपमा बिस्तार नहुँदा सम्म मलेसिया भित्र मात्र निहित रहदा कम्तिमा १३ जना बढी मा २१ जना सम्मको केन्द्रिय समिती रहन सक्ने छ ।
२) क्षेत्रिय समिती :
अ) केन्द्रिय समिती को मात हत मा रहेका सबै क्षेत्र का संगठन हरु क्षेत्रिय समिती भित्र पर्ने मानि ने छ ।
आ) यस् को अनुबन्धित सदस्य हरुमा कम्ती मा ११ जना र बढी मा १७ जना सम्म रहन सक्ने छ ।
इ) क्षेत्रिय समितिको आपत्कालिन बैठक बस्नु परेमा क्षेत्र गत रुप मा कुनै नयाँ कार्यक्रम को घोषणा गर्नुपरेमा केन्द्र लाई पूर्व जानकारी गर्नु पर्ने छ ।
३) जिल्ला समिती :
अ) नेपाल को पृष्‍ठ भुमी मा मात्रै जिल्ला समितिको अनिबार्य छ ,अन्य क्षेत्र को लागि त्यस क्षेत्र को क्षेत्रिय समिती भन्ने बुझिन्छ ।
४) इकाइ समिती :
कुनै पनि उध्योग समिती क्षेत्र मा छरिएर रहेका श्रमिक हरुलाई संगठित गराइ तयार गरेको संगठन लाई इकाइ समिती को रुप मा लिन सकिने छ ।
प्रबासी सिन्धु समाज मलेसिया


मलेसिया मा संघ संस्था हरु को आबश्यक्ता किन ?

आदर्णीय सर्जनबिन श्रमजिबी साथीहरु यस् मलेसिया मुस्लिम समुदायको देश हो यो त हामी सबै लाई यथावत नै छ । यहाँ बिशेष गरी चाइना मुलुक बाट बहुसंख्या चाइना हरुले यो मलेसिया मा आफ्नो अधिकार जमाएर यो देश को नागरिक हुँदै आ-आफ्ना कल कार्खाना उध्योग् पती चाइना हरु नै हुन यि उध्योग पती कै माग अनुसार हामी नेपाली समुदाय का युबा शक्ती हरु आफ्नो देश को रोज्गारी को अब्यबस्था ,खस्किदो अर्थ तन्त्र , आ-आफ्नो संगठन को राजनीतिक होड बाजी ,असुरक्षा को कारण ले गर्दा आफ्नो देश छाडि पराइ भुमिमा शिप र श्रम लाई सस्तो मुल्य मा बेच्न वाध्य छौ तर पनि शान्ती सुरक्षा न पाउनु बडो गम्भिर बिषय छ । यानेकी ११/१२ घण्टा काम गरेर आफ्नो बास्थान आउन धौ-धौ हुन्छ ता कि लुत पाट मार पित सामान्य भैइ सकेको छ । भने राती खाना खाएर सुतेका हाम्रा कुनै मित्र हरु बिहान सुतेको सुत्यै अवस्था मा भेटिन्छ । यस्ता दु:ख दायी घटना हरु हप्ता मा १ /२ जना हाम्रा देशका साथी भाई हरु पारी रहेका छन । त्यस्ता दु:ख का घडी मा पऊने इन्सुरेन्स , सुबिधा भने 0.1% मात्र भेटिन्छ । मेसिन बाट हात छिन् छन ।पर्देश गैइ धन कमाइ ल्याउला भन्ने सपना सपना मै सिमित रहन्छन यस्ता सपना हरु साकार पर्ना केही गत दिलाउन , झुट क्तिते कागज देखाइ यो पर्देश भुमीमा फसाउने मेन पावर हरु लाई कारबाही गर्न , जेल जिबन बिताइ रहेका सिन्धुबासी हरु को लेखा जोखा गर्न , देश फर्काउने योजना बनाउन , आम् जिल्ला बासी हरु लाई भैइ परि आउने समस्या लाई समाधान गर्नु को लागि यो प्रबासी भुमी मा सिन्धुसमाज गठन गरेका हौ । हामी लाई रहर होइना यो मलेसिया मा बाध्यता हो भन्ने कुरा आम् सर्जन बिन बुद्धी जिबी बर्ग लाई प्रस्ट बनाउदा छौ ।

प्रबासी सिन्धु समाज मलेसिया
राम शरण गिरी
 

प्रबासी सिन्धु समाज को नियमित बैठक सम्पन्न

प्रबासी सिन्धु समाज को मुल कमिटी को नियमित बैठक आज मलेसिया को क्वाल लम्पुर मा सम्पन्न भयो । बिनोद दुलाल को अध्यक्ष्यता मा बैठक सम्पन्न भएको थियो । बैठक मा प्रबासी सिन्धुसमाज को क्षेत्रिय कमिटी जोहोर बारु को लागि केन्द्रिय कमिटी सचिब माधव बुढाथोकी र सुचना तथा संचार प्रमुख राम शरण गिरी जाने निर्णय भएको छ । र यस् प्रबासी सिन्धु समाज बाट समाज गठन कार्यक्रम का संचालक एबम सक्रिय सदस्य तथा सल्हकार अमर लामा लाई उहा स्वदेश फर्कनु हुने भएको ले बिदाइ कार्य क्रम पनि भएको थियो ।



अत्यन्त जरुरी सुचना

आदर्णीय आम् सिन्धुपाल्चोक बासी दाजुभाई तथा दिदीबहिनी हरुमा हाम्रो प्रबासी सिन्धु समाज मलेसियाको मुल कमिटी क्वाललम्पुर तथा क्षेत्रीय कमिटी जोहोरबारुमा यही आउदो सेप्तेम्बरको दोस्रो हप्ता बाट यो प्रबासी सिन्धु समाज मा बौधिक तथा नयाँ युबा शक्ती हरुलाई नियुक्ती गरिने भएको ले आ-आफ्नो अधिकारको लागि सदस्यता लिनु हुन हार्दिक अनुरोध गर्दछौ । 
क्वालालम्पुर मुल कमिटी
1)राम शरण गिरी :0163605655
2)बिनोद दुलाल :0166768646
जोहोर बारु क्षेत्रीय कमिटी
3)रमेश भट्टराइ :0167654907
4)फुल्काजी स्यङ्बो :0167634259


पराइ भुमिमा श्रम गर्दै आफ्ना आम जिल्ला बासी प्रबासी श्रम जिबिको लागि लडिरहने महान श्रमिक को एक चिनारी ।। ।
प्रबासी सिन्धु समाज को आर्ध वार्षिक अधिबेसन को फोटो हरु

पाठक प्रतिकृया

Guestbook तपाईंहरुको सुझाब तथा प्रतिकृया को अपेक्षा मा छौ ।
Page copy protected against web site content infringement by Copyscape
तपाईं web site hit counterजाना मा पर्नु भयो